१८ जेठ, काठमाडौं । सभामुख ओनसरी घर्तीले संसदबाट गर्नुपर्ने काम धेरै रहेको भन्दै छिटो सहमति गर्न दलहरुलाई आग्रह गरेकी छिन् । नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गरेपछि सभामुख घर्तीले दलहरुलाई छिटो सहमतीमा पुग्न आग्रह गरेकी हुन् ।
‘राष्ट्रपतिको कार्यालयले पत्र पठाईसकेको छ, सहमतीय प्रकृया समाप्त भएपछि बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्नु पर्नेछ, बजेटमाथिको छलफल गर्नुछ, यति धेरै काम छ, सभामुखले दलहरुलाई भनिन्, ‘त्यसैले तपाईहरु छिटो सहमति खोज्नुस ।’