‘ए बाबु! कुरो बुझ है, उद्योग नखोल, पार्टी खोल’

‘तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छtimthumb (1)

तँ बैंक ऋण खोल्लास्, ऊ चन्दा–फिरौती लिन्छ

तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ

तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाऊँ भन्छ

ए बाबु १ कुरो बुझ है, उद्योग नखोल, पार्टी खोल…’।

उद्योग नखोल, पार्टी खोल भन्ने माथिका कवितांशमा चट्याङ मास्टरले अहिले राजनीतिलाई कमाउने माध्यमको रुपमा उपयोग गरिएको र जुन नयाँ पाटी आए पनि उस्तै कमाउने भाँडो हुन भनेर व्यड्ग्य गरेका छन्।

नेपालमा पंचायतकाल खण्डको अन्त्य  भएर वि सं २०६२/६३ जनआन्दोलन सम्म आईपुग्दा सातवटा दलहरू  मात्र चर्चामा रहेका थिए। तर यसपछिका दश वर्षसम्ममा यो संख्या हवात्त वढेर गएको छ। अहिले ३१ दलले त ब्यवस्थापिका संसदमा प्रतिनिधित्व नै गर्छन् भने निर्वाचन आयोगमा दर्ता भएको दलको संख्या १ सय ६४  पुगेको छ।

निर्वाचन आयोगमा दर्ता नै नभई राजनीतिक गतिविधी गरिहेका दलहरुको संख्या अझै धेरै देखिन्छ। जसमध्य सर्वहाराको राजनीतिक गर्ने र माक्र्सवादी सिद्धान्त अनुशरण गर्ने कम्युनिष्ट पार्टीहरु मात्रै दुई दर्जन भन्दा बढि छन।

नेपाली कांग्रेसबाहेक कांग्रेस शब्द जोडिएका अन्य ३ कांग्रेस पार्टी छन्। निर्वाचन आयोगमा धर्म, गरिब जनता, यातायात, हरियाली तथा पर्यावरणका नाम तथा सहकारी संस्थाको आधार र अवधारणामा संचालित भएजस्तो लाग्ने जस्ता दलहरू एवम् युवा क्षेत्रको प्रतिनिधित्व जनाउने जस्ता नाममा।

त्यस्तै श्रमिक, राष्ट्रियता, प्रजातान्त्रिक, समाजवादी र कम्युनिष्ट सिद्धान्त बोकेको झल्काउने, जातीय र क्षेत्रीय गरी दर्जनौं राजनीतिक दल निर्वाचन आयोगको सूचीमा भेट्न सकिन्छ। यसरी विभिन्न नाम र नाराहरू दिएर राजनैतिक दलहरू खुल्दै गहिरहेकाछन।

लाग्छ हाम्रो जस्तो सानो देशमा यसरी दलहरू स्थापना हुनु एक भिड नै हो। पुराना दलहरू या सत्तामा रहेका दलहरूलाई गाली गरयो भिड जम्मा गरयो अनि पार्टी खुलायो। अहिले नेपालमा यहि प्रकियामा नयाँ दल बन्दै छ। त्यो हो रविन्द्र मिश्रको नयाँ पार्टी ।जसको नाम साझा पार्टी र चुनाव चिन्ह तराजु राख्ने भनेर भिडियाहरूमा खबरहरू प्रकाशित भएकोछन। ठिक यसरी नै पुराना पार्टीहरुबाट काम चल्दैन नयाँ शक्ति चाहिन्छ भनेर आफ्नो पाटीबाट अल्गिएका थिए डा बाबुराम भट्टराई। तर मिश्र पार्टीबाट हैन बीबीसी नेपाली सेवाको प्रमुखको पदबाट अल्गिएका छन।

राम्रो सेवा सुविधा र तलव पाउने जागिरबाट बाहिरिएका छन, कारण राजनीति गर्न र पार्टी निर्माणको लागी। अहिले डा भट्टराईको पार्टी प्रोग्रेसिभ पार्टी जस्तै हुने बाटोमा छ। जुन पार्टी ठिक एक शताब्दी अधि  अमेरिकामा विद्वान् नेता रुजबेल्टले निर्माण गरेका  थिए।

यि दुई दशकदेखि अमेरिकी राजनीतिको केन्द्रमा रहेर दुईपटक राष्ट्रपति भइसकेका थिए। आफ्नो ऊर्जाशील उमेर रिपब्लिकन पार्टीको प्रचार, उत्थान र समृद्धिमा लगाएका उनिले देश बचाउन नयाँ पार्टी चाहिन्छ भनेर आफ्नो पार्टी छाडेर सन् १९१२ मा बनाएको नयाँ प्रोग्रेसिभ पार्टी घोषणा गरे। यो पार्टी मुस्किलले चार बर्ष पनि बिताउन सकेन। अनन्त पार्टी विघटन भयो र इतिहासमा खोज्दा पनि नभेटिने भयो।

अहिले भट्टराईको पार्टीमा नयाँ नाममा उहि पुरानै व्यक्तिहरूको वाहुल्यता रहेको छ। गतिविधि उहि पुरानै भनिएका  पाटी कै जस्ता छन। कसरी भो यो नयाँ शक्ती? आखिर के नै कुरामा छ र फरक रु निकट भविष्यमा नयाँ शक्तीले प्रोग्रेसिभ पार्टी कै जस्तै नियत व्यहोर्ने देखिन्छ।

वास्तवमा आन्दोलन बिना कुनै पार्टी बन्दैन। तर, अहिलेको अवस्थामा आन्दोलन पूरानो ढंगको नभएर रचनात्मक र शान्तिपूर्ण ढंगको हुनुपर्छ। अहिले नयाँ पार्टी बन्ने क्रममा सन २०१२ मा स्थापित भएको विवेकशिल नेपाली पार्टी छ। जसले अहिले नेपालमा रचनात्मक आन्दोलनहरु शान्तिपूर्ण तरिकाबाट गरिरहेको छ। तर पनि हाम्रो समाजमा यो कुरा कस्ले बुझ्ने रु यहाँ हरेक कुरामा राजनीतिक घुसेको छ।

राजनीतिको अभ्यास गलत किसिमले फैलिएको छ। यसकारण पनि दोस्रो संविधान सभामा स्वतन्त्र रूपमा उठेको यसदलका उम्मेदवारले  तिन हजार जति मत ल्याए। यहाँ जनताको परिचय नै काँग्रेस, एमाले, माओवादी, मधेसवादी र राप्रपा पार्टी कार्यकर्तामा रुपान्तरित भईसकेका छन। यसरी पुस्तौ रूपान्तरण हुदै जानेछन। फेरि नेपालमा वंश राजनीतिले नराम्रो संग जरो गाढ़ेको छ।

ग्रासरुटदेखी नै राजनीति गरी सेना सहित आएको पार्टी रूमालिई उहि पुरानो दलहरू जस्तै भईसकेको अवस्थामा नयाँ दल खोल्नु च्याँखे थाप्ने खोज्नु जस्तै नै हो। यहाँ जति नै नयाँ भनेर खरानी धेरै धसेर आए पनि हुने आखिर हुने उस्तै नै हो।

अहिले रविन्द्र मिश्र जस्ता प्रतिष्ठित एवम्  क्षमतावान व्यक्ती राजनीतिमा आउनु देशकोलागी सुखद समाचार  हो। रविन्द्र मिश्रले पार्टी खोल्न पाउनु उनको गणतान्त्रिक अधिकार पनि हो  तर देशलाई विकाश र आर्थिक समृद्धि तिर लैजानको लागी वास्तवमा स्थायित्व र स्थीरता चाहिन्छ।

हाम्रो जस्तो सानो भौगोलिक परिवेश भएको मुलुकमा नयाँ दल खोल्नु झन अस्थिर हुनु हैन र? नेपालमा अहिले भएका दलको सँख्याको भारले नै राजनीतिलाई थला पारिरहेको अवस्था छ। जनताहरू उहि हुन। के यस्तो अवस्थामा कुनै दलको वहुमत आउला र? लाग्छ त्यो त पक्कै संभव हुनेवाला छैन। फेरि तँपाईले आर्थिक समृद्धि मुख्य एजेण्डा बनाउनु भएको छ भने यहि एजेण्डालाई प्रमुख बनाएका अरू पार्टीमा बलमा बल थपेर जानुको सट्टा नयाँ नै किन?

नयाँ पार्टी भनिएकाहरू सानो सानो छुट्टाछुट्टै डफ्फा हुने अनि पुराना पार्टीहरू ठुला हुने अनि परिवर्तन सम्भव हुन्छ?  भनिन्छ नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन। अनलाईन, सामाजिक संजालहरू जस्ता सोसल मिडियाहरूमा हुनेखाने वर्ग कै पहुँच छ।

सामाजिक संजालमा मिश्रलाई फलो गर्ने ठूलो जमात छ। यो जमात त्यहि जमात हो जसले विवेकशिलका उज्जवल थापालाई चुनाव अधि हाई हाई गर्यो र  चुनावकै दिनमा चाहि वाईवाई गर्यो। त्यसैले भिड बटुल्न भन्दा नेपालीको मनोविज्ञान बदल्ने राजनीतिज्ञको रूपमा काम गर्न सक्नुपर्छ।

आफ्नो भाषणमा गरीबले राजनीति गरे भ्रष्टाचार हुन्छ, धनीले मात्र राजनीति गर्नुपर्छ भन्थे। त्यहि अनुसार मिश्र राजनीतिक दौडमा झरेका छन। राजनीति पार्टीमा आवद्द भएर पत्रकारिता गर्नेहरूलाई राजनीति मन छ भने राजिनामा देउ भन्ने सन्देश पनि दिएका छन।

मिश्रले पत्रकारिता जीवनमा राजनीतिज्ञहरूलाई जुन प्रश्नहरु सोधे आजबाट उहाँका तिनै प्रश्नहरु आफैमा अनुत्तरीत नहोऊन। आजको आधुनिक र सम्पन्न मलेशियाको खाका कोर्ने सामान्य हस्पिटलका  चिकित्सक  मोहम्मद  माथिर थिए। यि गैरराजनीतिक पृष्ठभुमिका थिए।सन १९८१ देखि सन २००३ सम्म मलेसियालाई नेतृत्व दिएका यिनीको खाकामा देश आधुनिक सुसम्पन्न भएर करिब ४५ लाख बिदेशी आप्रवासीहरु पनि रोजगार दिइरहेको छ। आँटे गर्न सकिन्छ।गैर राजनीतिक पृष्ठ भूमिका मिश्रले माथिरलाई फलो गरून। साँच्चै अहिले देशले माथिरलाई खोजिरहेको छ।

 

photo

NOC1-250x300