एलजीसीडीपीले २०७५ असारसम्म मात्रै सामाजिक परिचालक राख्ने

17093245_112662975927003_577742870_o१७ फाल्गुन २०७३,

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)ले २०७५ असारसम्म मात्रै सामाजिक परिचालक राख्ने भएको छ । एलजीसीडीपीको राष्ट्रिय सल्लाहकार समिति (न्याक) ले २०७५ पछि नयाँ कार्यक्रममा लागु हुने र त्यसमा सामाजिक परिचालनसम्बन्धि काम नगर्ने निर्णय गरेको छ ।

२०७४ असारमा एलजीसीडीपीको दोस्रो चरण सकिने छ । आगामी साउनदेखि नयाँ कार्यक्रम सुरू नभएसम्मका लागी एक बर्षको ‘बिज्रिङ फेज’ रहने छ । ब्रिजिङ फेजमा भने सामाजिक परिचालक कार्यरत रहने छन् ।

नयाँ स्थानीय तह कार्यान्वयन हुने र निर्वाचित जनप्रतिनिधी आउने भएकाले सामाजिक परिचालक नराख्ने एलजीसीडीपीका राष्ट्रिय कार्यक्रम व्यवस्थापक रेशमलाल कँडेलले स्पष्ट पारे ।

“दोस्रो चरणको कार्यक्रम सकिएको छ । एक बर्षको बिज्रिङ फेजमा यसको समीक्षा गर्ने र नयाँ कार्यक्रमको योजना बनाउने छौं,” उनले भने, “ब्रिजिङ फेज २०७४ साउनदेखि ०७५ असारसम्म रहने छ । त्यो अवधिमा सामाजिक परिचालकहरू रहने छन् ।” मुलुकभरका स्थानीय निकायमा अहिले करिब ४ हजार ६ सय सामाजिक परिचालक कार्यरत छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)ले २०७५ असारसम्म मात्रै सामाजिक परिचालक राख्ने भएको छ । एलजीसीडीपीको राष्ट्रिय सल्लाहकार समिति (न्याक) ले २०७५ पछि नयाँ कार्यक्रममा लागु हुने र त्यसमा सामाजिक परिचालनसम्बन्धि काम नगर्ने निर्णय गरेको छ ।

आगामी बर्षको असारमा एलजीसीडीपीको दोस्रो चरण सकिने छ । आगामी साउनदेखि नयाँ कार्यक्रम सुरू नभएसम्मका लागी एक बर्षको ‘बिज्रिङ फेज’ रहने छ । ब्रिजिङ फेजमा भने सामाजिक परिचालक कार्यरत रहने छन् ।

नयाँ स्थानीय तह कार्यान्वयन हुने र निर्वाचित जनप्रतिनिधी आउने भएकाले सामाजिक परिचालक नराख्ने एलजीसीडीपीका राष्ट्रिय कार्यक्रम व्यवस्थापक रेशमलाल कँडेलले स्पष्ट पारे ।

 

photo

NOC1-250x300