४ चैत, काठमाडौं । ३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन् ।
न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदाततले एसएसपी खत्रीसँग जम्मा २ लाख रुपैयाँ धरौटी मागेको थियो ।
उनी रकम बुझाएर शुक्रबार नै छुटेका छन् । यस्तै सपन श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र मनोज श्रेष्ठ पनि एक(एक लाख धरौटी बुझाएर छुटेको अदालतले जनाएको छ ।
७ जनालाई भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।