एमाले : निर्वाचन सार्ने कुरा अस्विकार्य छ

९ कात्र्तिक, काठमाडौं : नेकपा एमालेले कुनै पनि वहानामा निर्वाचन सार्न नहुने भन्दै आफ्नो कामलाई निरन्तरता दिन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

UML-meetingसर्वोच्च अदालतको पछिल्लो आदेशबारे छलफल गर्न बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निश्कर्ष निकालेको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । अहिलेको मतपत्रको ढाँचाले मतदातालाई मताधिकार प्रयोग गर्न र प्रदान गरिएको मत गोप्य राख्न कुनै बाधा नहुने भएकाले दुई वटा मतपत्र आवश्यक नभएको ठहर बैठकले गरेको छ ।

बैठकले कुनै पनि बहानामा निर्वाचन सार्ने षड्यन्त्र स्विकार्य नहुने भन्दै एमालेले सचेत भएर आफ्ना सबै कामलाई निरन्तर जारी राख्न आयोगलाई आग्रह पनि गरेको छ । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि अलग अलग मतपत्र छाप्नुपर्ने भन्दै दायर रिटमा सर्वोच्च अदालतले मतपत्र छपाइको प्रगति विवरण माग गरेको छ ।

 

photo

NOC1-250x300