जेठ २०, काठमाडौं – ‘एमालेले सदन अवरुद्ध गर्नुका चार कारण’ शिर्षकमा आजको नयाँ पत्रिकामा खबर छ ।
१. भरतपुरमा पुनः मतगणना गर्न दबाब
एमालेले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सत्ता पक्ष र निर्वाचन आयोगलाई दबाब दिन सदन अवरुद्ध गर्दै आएको छ । पुनः मतगणना हुँदा आफ्ना उम्मेदवार देवी ज्ञवाली विजयी बन्ने एमालेको आँकलन छ ।
२. कांग्रेस–माओेवादीबीच दूरी बढ्ने अनुमान
भरतपुरमा कांग्रेस र माओवादी केन्द्रको आ–आफ्नो स्वार्थमा दुई दलबीच गठबन्धन बनेको एमालेको बुझाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पद सुनिश्चित गर्ने स्वार्थ र प्रधानमन्त्री प्रचण्डको पुत्री रेणु दाहाल विजयी बनाएर संघीय संसद्का लागि सिट सुरक्षित गर्ने स्वार्थ रहेको र त्यसलाई भत्काउनका लागि पुनः मतगणना गर्दा फाइदा पुग्ने एमालेको बुझाइ छ । यसो हुँदा दुई दलबीच दूरी बढ्ने र गठबन्धन ढिलो–चाँडो टुट्ने एमालेको अनुमान छ ।
३. कांग्रेस सभापति देउवालाई रोक्ने प्रयास
भरतपुरमा आफ्नो पक्षमा परिणाम आउँदा कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबीच दरार आउने एमालेको विश्लेषण छ । यसो गर्दा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा रोक्न सकिने एमालेको बुझाइ छ । ‘भरतपुरसहित दुई सत्तारुढबीच विभिन्न जिल्लामा भएको चुनावी गठबन्धन मतदाताले नै अप्राकृतिक हो भन्ने पुष्टि गरिसकेका छन्,’ एमाले सचिव योगेश भट्टराईले भने ।
४. ढिलाइले वामदेवका लागि सहज
संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया ढिलाइ हुँदा पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहज हुने र माओवादी केन्द्र सकारात्मक बन्नासाथ जित्न सकिने एमालेको विश्लेषण छ । देउवा प्रधानमन्त्री बन्दा दोस्रो चरणको निर्वाचन प्रभावित हुन सक्ने विश्लेषणमा पनि एमालेको भित्री रणनीति सकभर संसद् सुचारु नहोस् भन्ने छ ।
काठमाडौँ, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको
पिपुल नेपाल संवाददाता,ललितपुर,२७ साउन। नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को
श्रावण २० गते शुक्रबार देखि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत