एमालेले धोका दियो कोमल ओलीलाई

कार्तिक १६,काठमाडाैं : राप्रपा छाडेर एमाले प्रवेश गरेकी गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

Komal-Oli

एमालेमा प्रवेश गर्नेबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले उनले स्वतन्त्र उम्मेदवारी दिने भएकी हुन् ।

पार्टीको टिकट नपाएपछि उनले स्वतन्त्रमै भएपनि चुनाव लड्ने निर्णयमा पुगेकी हुन् । ‘म राप्रपाको केन्द्रीय सदस्य थिएँ । एमाले आउँदा कि समानुपातिक नभए प्रत्यक्षमै टिकट दिनु भनेको थियो’, उनले भनिन् । ‘हिजो शंकर पोखरेलले फोन गरेर मैले सकिँन भन्नुभयो । अब स्वतन्त्र उम्मेदवारी दिन्छु ।’

 

photo

NOC1-250x300