एमालेमा प्रवेस गर्दै नवराज सिलवाल

काठमाडौं, ३० भदौ : नेपाल प्रहरीमा सत्तारूढ र प्रतिपक्षको हस्तक्षेप सतहसम्म आएको छ । सत्तारूढ कांग्रेस–माओवादीले प्रहरी महानिरीक्षक प्रकाश अर्याल, आयुक्त जयबहादुर चन्दलाई बोकेर महानिरीक्षकको दाबेदारी गरेका नवराज सिलवाललाई लत्याएको थियो ।

Nawaraj-Silwal-24042017101535यसैगरी सिलवाललाई प्रतिपक्षी दल नेकपा एमालेले बोकेर हिँडेको छ । प्रहरी संगठनभित्रका प्रतिपक्षी देखिएका सिलवाललाई प्रहरी सेवामा दबाबमा राखेपनि उनलाई राजनीतिक जिम्मेबारी दिएरै भएपनि सुरक्षा अंगको प्रमुख निकायमा पुराउने तयारी एमालेले गरेको छ ।

सिलवालले डिआइजी पदबाट राजीनामा दिएका छन् तर, उनको राजीनामा स्वीकृत भइसकेको छैन । २ नम्बर प्रदेशको चुनावी सुरक्षामा रहेका प्रहरी महानिरीक्षक अर्यालले उनको राजीनामा स्वीकृत गर्नेछन् । वैधानिक प्रक्रिया अघि नै सिलवालले आफू प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दै विज्ञप्ति जारी गरेका थिए ।

लामो समय अदालतमा अड्किएको प्रहरी महानिरिक्षक प्रकरणमा सर्वोच्च अदालतबाट सरकारको निर्णयविरूद्ध डिआइजी नवराज सिलवालले दिएको रिट खारेजपछि नयाँ अभ्यास सुरू भएका छन् । सिलवाल प्रमुख प्रतिपक्षी एमालेमा प्रवेश गर्ने अन्तिम तयारीमा रहेका छन् ।उनी एमालेका विभिन्न नेतासँग सँधै सम्पर्कमा छन् भने अध्यक्ष केपी शर्मा ओलीसँग भेट समेत गरिसकेका छन् ।

 

photo

NOC1-250x300