काठमाडौं, २९ चैत । एमालेले स्थानीय तहको चुनावका लागि ‘एक भोट एक नोट’को नारा ल्याएको छ । एमाले आर्थिक समितिका सहसंयोजक कृष्णगोपाल श्रेष्ठले स्थानीय चुनावमा एमोले एक भोट एक नोटको नारा ल्याएको बताए ।
आजको नागरिक दैनिकमा खबर छ– ‘हाम्रो स्रोत जनता हुन् । त्यसैले हामीले जनताबाट भोट पनि माग्ने नोट पनि माग्ने नीति लिएका छौं’, श्रेष्ठले भने ।
एमालेले स्थानीय चुनावका लागि केन्द्रबाट आर्थिक सहयोग नगर्ने नीति लिएका े छ । स्थानीय तहमा भने आर्थिक समिति गठन गरिने एमाले नेताहरुले बताएका छन् ।