एमालेको चुनावीसभामा कांग्रेसको आक्रमण

congress-umlजाजरकोट, वैशाख २१ – यहाँको कुशेगाउँपालिका वडा १ काफलवाटा स्थित नेकपा एमालेले गरेको चुनावी सभामा आक्रमण भएको छ । नेपाली कांग्रेसका कार्यक्रताद्वारा एमालेको चुनावी सभामा आक्रमण भएको एमालेले आरोप लगाएको छ ।

सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेको वेला कांग्रेसका प्रितिवहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरि आफ्ना तीन जना कार्यक्रताहरु घाईते बनाएको एमालेका प्रमोद विश्वकर्माले वताए ।

विश्वकर्माका अनुसार शेरवहादुर सिंहलाई चक्कु प्रहार गरि घाईते वनाइएको छ भने ढुङगा प्रहारवाट भीमवहादुर चलाउने वाँया हात, सन्दिप विकको दाँया खुट्टामा चोट लागेको छ ।

सोलगत्तै औपचारिक कार्यक्रम स्थगित भएको विश्वकर्माले वताए । घटना स्थलमा प्रहरी परिचालन गरिएको डिएसपी भावेश रिमालले बताए ।

 

photo

NOC1-250x300