एमसिसि कि सिसिमा हो, सरकारले राष्ट्रघात ग¥यो रे नि !

DSC_1868==aa(1)निर्मल भट्टराई
माघ ३, भक्तपुर । मोनिङ्ग वाक सकेर यसो चिया पसलतिर लस्कने बानी मेरो पुरानै बानी हो । पसलको चिया मुखमा परेन भने त के नभएको के नभएको जस्तो लाग्छ । म पसल पुगेपछि पसलका राजनीतिक जिज्ञासुहरुसंग राजनीतिक छलफल, अड्कल र बहस शुरु भईहाल्छ । काँठका चिया पसलहरु त्यसै त ठूल्ठूला राजनीतिक गफ गर्ने अखडा मानिन्छन् । आज त्यस्तै छलफल भयो ।
“यो सरकार त राष्टघाती भयो भन्छन् नि दाई ? एमसिसी कि के सिसी पास गर्ने भो रे त ? त्यस्तै हो र ?” सुरुप्प चिया तान्दै एक छिमेकीले मतिर प्रश्न तेस्र्यायो ।
“कस्ले सुनाउछ यस्ता हावादारी कुरा तिमीलाई ?” मैले सोधें ।
“ख्वै सरकार र पार्टीभित्र ठूलै चलखेल हुँदैछ रे काठमाण्डौमा, ठूलै मान्छेले भनेको मलाई,यस्तै हो भने पार्टी नै फुट्छ भन्दैथे”–उसले ठाँटका साथ भन्यो ।
मास्टरले कमजोर विद्यार्थीलाई बुझाउने शैलीमा म उसलाई बुझाउन थालें–“हेर भाई, यो सरकालाई संघीय संसदको झण्डै दुई तिहाई समर्थन प्राप्त छ । सत्तारुढ नेकपा भर्खर एकता प्रक्रियामा गएको छ । यसको विभाजन नभई वा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेर तत्कालीन एमाले बाहेकका सबै राजनीतिक पार्टी एक ठाँउमा आएको अवस्थामा मात्र वर्तमान ओली सरकार ढल्न सक्छ । तर त्यो अहिले विल्कुल असंभव कुरा हो किनभने सरकार ढाल्न सक्ने त्यो बाटोमा फलामे तगारो नेकपा एकताले लगाइदिएको छ । जहाँसम्म एमसिसीको कुरा छ, यो नेपालको गरिबी निवारण र आर्थिक विकास गर्ने साझा लक्षप्रति पतिबद्ध हुदै उर्जा ब्यापारलाई सहजीकरण गरी तथा नेपालको विद्युत ग्रिडमा विद्युत आपुर्तिको उपलब्धता तथा स्थीरतामा सुधार गरी विद्युतको उपभोग वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम राख्ने परियोजना हो । यो विगतमा देशका सबै प्रमुख पार्टीले स्वीकार गरेको अमेरिकी अनुदान हो । अनि यो कसरी ओली सरकारले गरेको राष्ट्रघात भयो ? अलि बुझेर बोल्ने गर न ।”
“कहाँ हुन्छ दाई, नेपालमा अमेरिकी सेना आउने भैसक्यो, सेना आउन नदिए ओली सरकार नै ढल्ने भईसक्यो । यो सरकारको कति ताबेदारी गर्नुहुन्छ दाई ?”ऊ हत्तपत्त चित्त बुझाउने मुडमा देखिएन ।
“त्यही भएर नेकपाकै बडे बडे नेताहरु यो सम्झौताको विरोधमा छन् । भिम रावल कुर्लेको देख्नुभएको छैन, पूर्व माओवादी पक्षका सबै नेता यो सम्झौताको विरोध गरिरहेका छन् । प्रचण्डलाई नै यो विषय चित्त बुझेको देखिदैन । यही सम्झौताको विरोध गरेको कारणले महरा काण्ड रचिएको रे ! तपाईंले भनेर हुन्छ ?” उ आक्रामक रुपमा प्रस्तुत भयो ।
“प्रचण्डलाई उक्साएर नेकपाको एकता भाँड्ने र तत्कालीन एमाले इतर मिलेर सरकार ढाल्ने भनेको होला नि त दाई”– नजिकै बसेको अर्को अधवैंसे प्वाक्क बोल्यो ।
वरिपरि हाम्रो गफ सुन्नेहरुको भीड लागिसकेको थियो ।
अब मेरो भाषण शुरु भयो ।
“हेर्नोस् साथी हो प्रचण्ड यो समयको एक महान नेता हुनुहुन्छ । उहाँलाई केवल आफू प्रधानमन्त्री बन्न छिर्के दाउ खेल्ने नेताको हैसियतमा मात्र बुझ्नै जे प्रयत्न भईराखेको छ, त्यो दुर्भाग्य हो । बाम गठबन्धन बनाएदेखि पार्टी एकताका अहिलेसम्मका उहाँका प्रयत्नहरुले यी सबै आरोपको खण्डन गर्दैनन् र ? जनताको अभिमतलाई कदर गरेर उहाँले के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने र पाँच बर्ष टिकाउने काममा प्रचण्डले खेलेको सकारात्मक भूमिका पनि देख्न सक्नु पर्यो नि ! फेरि विगतमा सबैले स्वीकार गरेर भित्रिन लागेको अन्तराष्टिय अनुदान अहिले कोही कसैले विरोध गर्दैमा फिर्ता गयो भने त्यसको परिणाम के हुन्छ ? पाईपलाइनमा रहेका अरु अन्तरराष्टिय अनुदानको हालत के होला कहिल्यै विचार गर्नु भएको छ ? नेपालमा अमेरिकी सेना भित्रिने सत् प्रतिसत् झुटो कुरा हो बजारिया हल्ला हो । एउटा सार्वभौम मुलुकले यो कदापि स्वीकार्ने कुरा होइन । इण्डो प्यासिफिक रणनीतिमा नेपाल पस्ने र फस्नेवाला छैन । सम्झौताका अक्षर र भावनाअनुसार एमसिसि सैन्य अनुदान पनि होइन । बरु एमसिसि कम्प्याक्ट असफल बनाएर कम्युनिष्ट सरकारलाई अन्तरराष्टिय जनतमा बदनाम गराउने खेलबाट चाहिँ जोगिनुपर्छ । त्यसकारण यस्ता वेतुकका हल्लाको पछि लाग्नु ठीक छैन । झण्डै दुई तिहाई जनमत प्राप्त सरकार एउटा कुनै अनुदान सम्झौता अगाडि बढाउँदा ढल्छ भाई ? हाम्रो देशको सरकार बनाउने र ढाल्ने कुरा विल्कुल हाम्रो मामिला हो, अरुको होईन ।” मैले निष्कर्ष सुनाउने शैलीमा भनें ।
“कति दुई तिहाईको रट लगाउछौ बाबु ? १५ सालमा विपीलाई जनताले दुई तिहाई मत दिएका होईनन् ? पर्चा बाड्ने हात यिनै हुन् । भोट हाल्न पो उमेर पुगेन त । विभिन्न अन्तरराष्टिय शक्तिको आडमा दुई बष नपुग्दै राजाले कर्याप झ्याप ”– असी बर्ष उमेर पार गरेका मेरा टोलवासीे बोले ।
“अहिले पनि के भन्न सकिन्छ र ?”
“१५ सालको चेतना र अहिलेको चेतना विल्कुल फरक छ बाजे”–मैले भनें, “तपाईंलाई थाहा छ, १५ सालमा शक्तिशाली राजतन्त्रको छहारीभित्र विपीको दुईतिहाई थियो । भर्खर राणाको हातबाट सत्ता पाएको राजतन्त्र सो सत्ता जनतामा जान दिन ईच्छुक थिएन । विपीको पार्टीभित्र विपीको नेतृत्व स्वीकार्नेभन्दा राजतन्त्रको टाङ्मुनी छिर्न चाहने थुप्रै नेता थिए । अन्तराष्टिय परिस्थिति अहिलेको भन्दा निकै भिन्न थियो । तर अहिले के पी सरकारको जग त्यति कमजोर छैन । दाहा्र नंग्रा निकालेर राजारुपी सिंहलाई कतै निस्कन नसक्ने गरी बन्द गरिसकिएको छ । अन्तराष्टिय सम्बन्घ मजवुत र सन्तुलनमा राखिएको छ । सरकारलाई ब्याकिङ्ग गर्ने लोकपृय र लडाकु नेता कार्यकर्ता सम्मिलित शक्तिशाली पार्टी छ, बन्दैछ । १७ साल पछिका विभिन्न तुमुलकारी आन्दोलनले खारिएको जनताको चेतना छ । भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति लिएको सरकार छ । निष्कलङ्क र भिजन भएका प्रधानमन्त्री छन् । जनताको सेवामा सरकार तल्लीन भएर लागेको छ । देशभर भौतिक पूर्वाधार र मानवीय विकासको लहर आएको छ । अल्पकालीन र दीर्घकालीन परिवर्तनका लक्षण देखिदैछन् । अब पनि कुनै विदेशी, जतिसुकै शक्तिशाली किन नहोस्, का कारण अब यो देशको सरकार टसमस हुदैन । ”
पसलमा उपस्थित धेरै मानिसहरु सहमत भएजस्ता देखिन्थे । कोही कोही उपबुज्रुकहरु चाहिँ “भनेर हुन्छ, यहाँ कसैको केही दाल गल्नेवाला छैन, नेपालाँ भारत र अमेरिकाले जे चाह्यो त्यही हुन्छ, नेता त सबै उनीहरुका गोटी त हुन”् भन्ने जस्ता बकम्फुसे तर्क गर्दै थिए ।

 

photo

NOC1-250x300