काठमाडौं, १० असार– चुनावी अभियानका क्रममा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई एक महिलाले चुनावी सभाको मञ्चमै ‘किस’ गरेकी छन् । मञ्चमा बसेका बेला अधबैसे देखिने महिलाले ओलीका दुवै गालामा म्वाइ खाएकी हुन् ।
महिलाले ओलीको गालामा म्वाइ खाएको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल बनिरहेको छ । सर्वप्रथम उक्त भियिडयो ट्वीटरमा सार्वजनिक भएको जनाइएको छ ।
‘अकबरे ००१’ हेन्डलबाट ट्वीटर चलाउने गणेश पौडेलले उक्त भिडियो पोस्ट गरेका छन् । उनले उक्त घटना झापामा आयोजित चुनावी सभामा भएको बताएका छन् ।
महिलाले ओलीको गालामा म्वाइ खाने बेला छेउमै एमाले नेता अग्नी खरेले पनि बसेका देखिन्छन् ।
उक्त भिडियो अहिले ट्वीटर र फेसबुक लगायत सामाजिक सञ्जालमा तीब्र रुपमा सेयर भइरहेको छ ।