चितवन । सरकारी अस्पताल भरतपुर अस्पतालमा एक महिलाको च्यापुको हड्डीमा भएको ट्युमर निकालिएको छ । ३४ वर्षीया अमेरिमाया रम्वेलको मुखको दाँया भागमा पलाएको एक किलो पाँच सय ग्राम तौलको ट्युमर निकालिएको हो ।
अस्पतालका दन्त चिकित्सा विभागका कन्सल्टेन्ट डा. सन्तोष यादवको नेतृत्वको टोलीले माडी नगरपालिका– १२ बाँदरझुलाकी अमेरीमाया रम्वेलको सफल शल्यक्रिया गरेको हो । दुईवर्ष अघिदेखि उहाँको मुखमा मासु पलाउँदै आएको थियो ।
मासुको परीक्षण (बायोप्सी) गरेपछि ओसीफाइ फाइब्रोमा भएको पत्ता लागेको चिकित्सकले बताएका छन् । विशेष गरेर ३० देखि ४० वर्षसम्मका महिलामा यो समस्या देखिने गरेको डा सन्तोष यादवले बताए । दोस्रो पटक शल्यक्रिया गरेर पहिलाको अवस्थामा ल्याइने उल्लेख गर्दै उनले उपचारमा ढिलाइ भए क्यान्सर समेत हुने जानकारी दिए ।
गरिबीका कारण उपचार गराउन नसकेकाले भरतपुर अस्पतालमा आएपछि अस्पतालले उनको निःशुल्क उपचार गरेको हो । रासस
बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय
-प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,
२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने
योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी
स्थानीय सरकारको अस्पतालहरु जति पनि
२१ भदौ,भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा