एकैदिन केन्द्र र प्रदेशको चुनाव हुन सक्दैनः केपी ओली

 

काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले  एकैदिन केन्द्र र प्रदेशसभाको चुनाव हुन नसक्ने बताएका छन् ।  तिब्बत भ्रमण सक्याएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै  ओलीले पहिला प्रदेशसभाको चुनाव हुनुपर्ने र त्यसपछिमात्रै केन्द्रको चुनाव हुनुपर्ने धारणा राखे । kp-oli_iZZ4kf8VfJ
 प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार मात्रै निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा एकैदिन  केन्द्र र प्रदेशको निर्वाचन गर्ने सोचमा सरकार रहेको भन्दै सोहि अनुसार तयारी गर्न आग्रह गरेका थिए । तर,   त्यसको एक दिनपछि प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले एकैदिन दुई ठूला चुनाव हुन नसक्ने र पहिला प्रदेश सभाको निर्वाचन हुनुपर्ने धारणा राखेका हुन् ।

उनले संविधान  संशोधनका विषमया छलफल गर्ने फुर्सद एमालेलाई नभएको भन्दै आफ्नो ध्यान मात्र चुनावमा रहेको पनि बताए ।  उनले दलगत मतभेदले मुलुकलाई बन्धक बनाउन नहुने भन्दै राजपा पनि चुनावमा सहभागि हुनुपर्नेमा जोड दिए । 

तिब्बतमा आफूले    स्थानीय सरकारका प्रतिनिधि र तिब्बतमा रहेका चिनिया कम्युनिष्ट पार्टीका उपप्रमुखलाई भेटेको जानकारी दिँदै ओलीले दुईपक्षीय हित र आपसी चासोका विषमया कुराकानी भएको जानकारी दिए । 

 

 

photo

NOC1-250x300