काठमाडौं। २८ फागुन । शनिबार विहानै भारतीय नम्बरप्लेटको गाडीमाथि तोडफोड भएको छ । काठमाडौंको गोङ्गबुमा एचपी ६४५०६६ नम्बरको भारतीय गाडी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेको आशंका गरिएको छ ।
सेतो रङको स्कोरपिओमा पछाडी र अगाडीबाट ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ । फुटाइएको गाडीमा नेपालको नक्सा आकारको चित्र समेत देख्न सकिन्छ ।
त्यस्तै गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेपाल बन्दको क्रममा दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका उषा किरण आजाद र सन्तोष खड्कालाई प्रहरीले गिरफतार गरेको जनाइएको छ ।
त्यस्तैगरी कलंकीमा भारतीय नम्बरकाे ट्रकमा अागजनी भएकाे छ । Mk 78 AA 8372 नम्बरकाे भारतीय नम्बरकाे ट्रकमा ताेडफाेड भएकाे हाे ।
दियो पोष्टबाट साभार गरिएको