काठमाडौं, चैत ९ – महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली लाइसेन्स बनाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ । लाइसेन्स बनाउने यातायात कार्यालय धाउने सर्वसाधारणलाई सजिलो बाटोबाट लाइसेन्स बनाउने भन्दै पैसा असुल्दै नक्कली लाइसेन्स बनाउने दुई जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुलीको भद्रकाली–४ का अनिलकुमार पाख्रिन र सिन्धुली भद्रकाली–९ का गणेशकुमार गोले छन् ।
उनीहरुको साथबाट विभिन्न व्यक्तीको नाममा बनाइसकेको नक्कली लाइसेन्स ६ वटाएक सय १५ वटा प्रिन्ट गरेको लाइसेन्स गरी एक सय २१ वटा नक्कली लाइसेन्स, ३० वटा प्रिन्ट गर्न लागेको लाइसेन्स, यातायात कार्यालयको होलोग्राम एक सय १० वटा, कम्युटर, प्रिन्टर, छापलगायतका सामग्री बरामद गरेको छ । बरामद गरेको होलोग्राम सक्कली हुन सक्ने भन्दै यस विषयमा प्रहरीले थप अनुसन्धान थाल्ने बताएको छ ।
एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म लिएर उनीहरुले नक्कली लाइसेन्स बेच्चे गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । विशेष विदेश जाने युवाहरुलाई उनीहरुले लाइसेन्स बेच्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरका निमित्त प्रमुख तथा एसपी अशोक सिंहले जानकारी दिनुभयो ।
उनीहरुले ललितपुरको कार्यविनायक नगरपालिका सिद्धिपार्कमा फ्ल्याट भाडामा लिएर घरमै लाइसेन्स बनाउने गरेको प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।
२०५५ सालदेखि लेखापढी गरेका पाख्रिनले ६ महिनाअघि नक्कली लाइसेन्स बनाउन थालेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् । उनीहरुलाई सरकारी छाप किर्ते मुद्दा अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ
१७ माघ,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बामा संचालित ४३ मेगावाटको अपर नेसमखोला हाईड्रोपावर लिमिटेड,सिन्धुज्वाला हाईड्रोपावरले प्रिफ्याब भवन
२५ पुस,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा
२१ पुस,काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस
१९ पुस,काठमाडौं । मंगलबार नेप्से सूचक १.९२ अंकले उकालो लागेको छ । यससँगै सूचक २०६६.०१
१८ पुस,काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड नाघेको छ।
बुधबार, पौष १३, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको बताएका छन् ।