एजेन्सी । हामीले सुपर फास्ट लगायतका रेलको नाम सुनेका छौं । तर, कतिपयले ह्याङ्गिङ रेलको बारेमा कमैलाई मात्रै थाहा होला ।
यो रेल करिब १३.३ किलोमिटरको दूरीमा चल्छ । यसक्रममा रेल २० स्टेशनमा रोकिने गर्छ । यसलाई संसारकै पुरानो मोनो रेल मानिन्छ ।
एक रिपोर्टअनुसार जर्मनीको वुप्पर्टलमा उल्टातिर झुण्डिएर रेल चल्ने गर्छ । यो रेल सन १९०१ मा चल्न सुरु भ एको थियो । यो शहर पहिलेदेखि नै विकसित भएको थियो । यसै कारण ठाउँ अभावमा यहाँ रेल चलाउन आकाशे बाटो बनाएर उल्टा चलाइने गरिन्छ ।
ह्याङ्गिङ रेल देखेर पहिलो नजरमा कसैले पत्याउँदैन । तर, यो रेल सेवाबाट दैनिक करिब ८२ हजार मानिस लाभान्वित भएका छन् ।
यो रेल १९९९ मा वुप्पर नदीमा खसेको थियो । त्यो बेला पाँच जनामा मानिसको ज्यान गएको थियो भने करिब ५० जना घाइते भएका थिए । त्यसपछि यो रेल दुर्घटनामा परेको छैन । बिजलीबाट चल्ने यो रेल करिब ३९ फिटको उचाईमा चल्छ ।
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले
२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।