उम्मेदवार मनोनयनका लागि २० दिन बाँकी, यस्तो छ निर्वाचन कार्यतालिका

electionकाठमाडौं , चैत्र – आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयनका लागि अब २० दिन मात्र बाँकी छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार स्थानीत तहको निर्वाचनका लागि २०७४ साल वैशाख १६ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ ।

उम्मेदवारी मनोनयनका लागि तीन हप्ता मात्र बाँकी रहदा समेत दलहरुले अझै उम्मेदवार छान्नेकाम सुरु गरेका छैनन् । नेकपा एमालेले उम्मेदवार छनौटको मापदण्ड तयार गरेपनि काग्रेस र माओवादी केन्द्रले मापदण्ड तोक्न सकेका छैनन् ।
निर्वाचन कार्यतालिका अनुसार वैशाख १७ गते उम्मेदवारीमाथि दाबी, वैशाख १८ गते उम्मेदवारी फिर्ता र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गाउँपालिका र नगरपालिका केन्द्रमा उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार वैशाख १९ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । वैशाख ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपत्र छपाइको काम धमाधम गरिरहेको छ ।

निर्वाचनका मुख्य कार्यक्रम

– उम्मेदवारको मनोनयनपत्र दर्ता, बैशाख १६

– मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन बैशाख १६

–उम्मेदवारको विरोधमा उजुरी, बैशाख १७

– मनोनयनपत्र जाँच, बैशाख १७

– मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन, बैशाख १८

– उम्मेदवारको नाम फिर्ता, बैशाख १८

– उम्मेदवारको अन्तिम नामावली प्रकाशन, बैशाख १९

– उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, बैशाख १९

– मतदान, बैशाख ३१ बिहान ७ बजे देखि बेलुका पाँच बजे सम्म

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मापदण्ड भन्दा बढी धूँवा फाल्ने २७ ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा

६ माघ,काठमाडौं । काठमाडौँको बबरमहलमा विहिबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २७

डा.सन्दुक रुइतले प्राप्त गरे सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड

३ माघ,काठमाडौ । नेत्र चिकित्सक डा.सन्दुक रूइतले १० लाख डलर सहित प्रतिष्ठित इसा अवार्ड प्राप्त

निशाको “ओजन” लोकार्पण

१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा

क्रान्तिकारी कम्युनिस्ट लिगको ५१ सदस्य केन्द्रीय कमिटी घोषणा : महासचिवमा सर्वजीत शर्मा

१४ पुस,काठमाडौं । सर्वजीत शर्मालाई महासचिव चयन गर्दै नवगठित क्रान्तिकारी कम्युनिस्ट लिग नेपालले ५१ सदस्य

मन्टेश्वरी : ससाना बालबालिका पढाउने भन्ने अनि अभिभावक लुट्ने व्यापार

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र धमाधम ससाना बालबालिका लागि मन्टेश्वरीहरु खुलेका छन् । व्यस्तताका कारण आफ्नो

चरम भ्रस्टाचार गरेको अभियोगमा काभ्रेको पुर्ब पालिका अध्यक्ष र प्रशासकीय अधिकृत विरुद्ध अख्तियारले चलायो मुद्दा

४पुस, काभ्रे  । प्राकृति तथा  नदीजन्य पदार्थ उत्खनन सम्बन्धी ठेक्कामा चरम भ्रष्टाचार र अधिकारको दुरुपयोग