उपसचिवले दिए सामूहिक राजीनामाको धम्की

शिक्षा सेवामा करिब ७ सय उपसचिव र शाखा अधिकृतहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

शिक्षा मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउँदा मनपरी गर्न लागेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएको छ ।

उनीहरुले शिक्षा मन्त्रालयले करिब एक महिनाअघि ७५ वटा स्थानीय तहमा व्यवस्थापन गर्न गएका उपसचिवहरुलाई अर्को निर्णय नभएसम्म हाजिर नहुन पनि आग्रह गरेका छन् ।

 

photo

NOC1-250x300