उपत्यकामा दैनिक ४ करोडको राँगाभैंसी: मासु खाने बढे

उपत्यकामा पछिल्लो समय राँगाभैंसीको मासु खपत बढेको खबर छ ।

काठमाडौं उपत्यकामा खपत हुने मासुमध्ये करिब ६० प्रतिशत राँगाभैंसीको छ ।Ostrich-Meat-maasu_TAJ5mQcTha

मासु उपभोगप्रति बढ्दो रुचिका कारण मासुजन्य पशुपन्छीको आयात पनि त्यही हाराहारीमा वृद्धि भएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर र किर्तिपुरमा गरी दैनिक एक हजार राँगाभैंसीको खपत हुन्छ । काठमाडौंमा मात्र दैनिक ६ सय जटा खपत हुन्छ ।

व्यवसायीका अनुसार एउटा राँगाभैंसीको औसत मूल्य ४० हजार रुपैयाँ पर्छ । यसरी हेर्दा एक हजार राँगाभैंसीको खरिद मूल्य चार करोड रुपैयाँ पर्छ ।

 

photo

NOC1-250x300