उपत्यकामा जताततै ‘फायर हाइड्रेन्ट’

 

साउन १ , काठमाडौं – आगलागीले पुर्याउन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका २ सय भन्दा बढी स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गरिने भएको छ ।

firehydrant1_ZeaBmYIOMQ

मेलम्चीको पानी वितरण गर्ने क्रममा उपत्यकामा विस्तार भइरहेको पाइपलाइनकै संरचनामा आगलागी नियन्त्रणका लागि सघाउ पुर्याउने संरचना निर्माणको तयारी गरिएको हो ।

‘फायर हाइड्रेन्ट’ मुख्यतया दमकलले आवश्यकताअनुसार जुनसुकै बेला पानी भर्न र आगलागी नियन्त्रण गर्न प्रयोग गर्न मिल्ने विशेष संरचना हो । 

 

photo

NOC1-250x300