उदयपुर, १७ भदौ । उदयपुरमा भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएकाे छ । उदयपुरको मध्य तराईलगायत त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएपछि धेरै स्थानीय बासिन्दा भाइरलबाट प्रभावित हुन थालेका छन् ।
भाइरलको बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा बिरामीको खचाखच हुन थालेको अस्पतालका चिकित्सक बताउँछन् । पचास शय्या क्षमताको अस्पताल रहेको जिल्ला अस्पतालमा अहिले अस्पतालको सबै सिट तथा शय्या भाइरलको बिरामीले भर्न थालेपछि अन्य बिरामीलाई शय्यामा राखेर उपचार गर्न अभाव हुन थालेको जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल देवले बताए ।
जिल्लाको पूर्वी क्षेत्रको हँडियाँ, सुन्दरपुर, जोगिदह, त्रियुगा नगरपालिका, साउने, खाँबु, मुर्कुचीलगायत लालपता क्षेत्रका विद्यालय जाने विद्यार्थीदेखि माथिल्लो उमेरका सबैलाई भाइरलले प्रभावित पार्न थालेको स्थानीयवासीले बताएका छन् ।
सुरुमा रुघाखोकी लाख्ने, ज्वरो आउने, नाकबाट पानी आउने र टाउको दुख्नेजस्ता लक्षणबाट बिरामी प्रभावित हुने गरेको त्रियुगा नगरपालिका–७ मोतिगडाका लोकनाथ खतिवडाले बताउनुभयो । भाइरल फैलिनुमा वर्षाको कारण बाढी तथा फोहोर र प्रदूषित पानी, विभिन्न फोहोर दुर्गन्धित वस्तु हावामा फैलिएपछि श्वासप्रश्वासमा भाइरलको जीवाणुले प्रभावित पार्ने र शरीरमा प्रवेश गर्ने कारण मानिसमा भाइरलले प्रभावित पारेको चिकित्सक बताउँछन् । यस्तै यो सरुवा रोग भएको कारण एकबाट अर्कोमा सर्ने गरेको पनि चिकित्सकले बताएको छ ।
बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय
-प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,
२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने
योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी
स्थानीय सरकारको अस्पतालहरु जति पनि
२१ भदौ,भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा