उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण, पुष्टिका लागि धरानमा पुनःपरीक्षण हुँदै

उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कोभिड-१९ पोजेटिभ आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न नमूना पठाइएको छ ।

उदयपुरको मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेका ६८ जनाको स्वाब संकलन गरी कोशी अस्पतालमा परीक्षण गरिएको थियो ।

६८ जनामध्ये ८ जनामा पोजिटिभ नतिजा देखिएपछि धरानमा पुन: परीक्षणका लागि पठाइएको हो । धरानमा पुनः परीक्षण गर्दा पनि नतिजा पोजिटिभ आए संक्रमणको पुष्टि हुने बताइएको छ ।

 

photo

NOC1-250x300