उदयपुरमा थप एक महिलामा कोरोना संक्रमण भेटियो

उदयपुरमा थप एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको भुल्केमा एक ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए ।

उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको र उनलाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भएको सुवेदीले जानकारी दिए । यसअघि उनको श्रीमानमा पनि संक्रमण भेटिएपछि उनी विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन् ।

नयाँ संक्रमणसँग उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ भने देशभर कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

 

photo

NOC1-250x300