बीबीसी ,चैत २१ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले साथ दिएपनि वा नदिएपनि अमेरिकाले उत्तर कोरियाको परमाणु खतरालाई हल गरेरै छोड्ने प्रण गरेका छन् ।
बेलायतको पत्रिका फाइनेन्सियल टाइम्ससँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘यदि चीनले उत्तर कोरियाका मुद्दाहरुको हल गर्दैन भने हामी गर्छौं ।’
जब उनलाई के यसमा एक्लै सफल हुने सम्भावना छ त भनेर प्रश्न सोध्दा उनको जवाफ थियो, ‘पूर्ण विश्वास छ ।’
ट्रम्पले भने, ‘उत्तर कोरियामाथि चीनको निकै प्रभाव छ र चीनले यो निर्णय गनुपर्ने हुन्छ कि उत्तर कोरियाली मुद्दामा हामीलाई मद्दत गर्छ वा गर्दैन । यदि चीनले हामीलाई सहयोग गर्ने सोच बनाएको छ भने यो चीनको लागि निकै राम्रो कुरा हुनेछ र यदि चीनले सहयोग नगर्ने सोच बनाएको छ भने यो कसैको लागि पनि राम्रो हुने छैन ।’
यद्यपी, एक्लै कारवाही गर्ने प्रश्नमा उनले स्पष्ट जवाफ भने दिएनन् ।
बिहिबार चीनियाँ राष्ट्रपति शी जिनपिंगसँग उनको भेटघाट हुने कार्यक्रम तय भएको छ । भेटघाट गर्नुभन्दा पहिले ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।
५ माघ , काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौँ, १२ असोज । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो
काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन
पिपुल नेपाल संवाददाता,अन्तरास्ट्रिय ब्युरो,१८ साउन। वैदेशिक रोजगारीको लागि युरोपियन देशहरु नेपाली युवाहरुका लागि ‘ड्रिम’ कन्ट्री
काठमाडौँ, १३ साउन । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका