इरानको सडकमा ‘मेस्सी’ पैदल हिँडेपछि हल्लाखल्ला

इरानको_सडकमा_‘मेस्सी’_पैदल_हिँडेपछि_हल्लाखल्ला2679

एजेन्सी । इरानको सहर हमेदानमा फुटबलर लियोनेल मेस्सी पैदल हिँडेपछि अत्याधिक भीड जम्मा भयो । फ्यानको भीडले सडक जाम भएपछि प्रहरीले उनलाई पक्राउ ग¥यो । पछि अनुसन्धान गर्दै जाँदा उनी नक्कली मेस्सी भएको खुलेको छ । मेस्सी जस्तै देखिने इरानी विद्यार्थी रेजा पारसतेश पक्राउ परेका हुन् ।

 रेजाको अनुहार मेस्सीसँग यतिसम्म मिल्छ कि अंग्रेजी स्पोर्ट वेबसाइट युरोस्पोर्ट युकेले हालै मेस्सीको समाचारमा रेजाको फोटो पोस्ट गरेको थियो । रेजा का अनुसार मानिसहरुले उनलाई मेस्सी सम्झिँदा उनी खुसी हुन्छन् । मानिसहरुले उनीसँग सेल्फी खिच्न खोज्दा आफूले मानिसहरुलाई खुसी दिएको सम्झेर सन्तुष्ट हुने रेजाले बताएका छन् ।

 

 

photo

NOC1-250x300