इन्डियन टोलीसँग गएका नेपाली गाइड बेपत्ता

जेठ १०, म्याग्दी – धौलागिरी हिमाल आरोहण गरेर फर्किएका एक नेपाली गाइड बेपत्ता भएका छन् ।

म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा रहेको हिमाल आरोहणमा आएका इन्डियन एयर फोर्सका १४ जनाको टोलीका गाइड सोलुखुम्बु जिल्लाको चौरीखर्क ३ बस्ने ३० बर्षीय आङनिमा शेर्पा आइतबार साँझ साढे सात बजेबाट सम्पर्कविहीन भएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताइन् ।

सम्बन्धित ट्रेकिङ एजेन्सीमार्फत बेपत्ताको खोजी भइरहेको खड्काले बताइन् । आजको नागरिकमा यो खबर छ ।

 

photo

NOC1-250x300