चैत २३ – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जाल्टन इब्राहिमोविचले म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको इन्जुरी समयसम्म १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडलाई इब्राहिमोविचले गोल गर्दै हारबाट जोगाएका हुन् ।
२२ औं मिनेटमा फिल यागियेल्काले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । इन्जुरी समयको तेस्रो मिनेटमा एभर्टनका एस्ली विलियम्सले युनाइटेडका ल्युक शवले प्रहार गरेका बललाई लाइनबाट नियन्त्रण गर्ने प्रयास गरे र त्यसपछि उनले रातो कार्ड पाएर मैदानबाट बाहिरिए । ९४ औं मिनेटमा पाएको पेनाल्टीमा इब्राहिमोविचले युनाइटेडका लागि बराबरी गोल गर्दै हारबाट जोगाए । इब्राहिमोविचले यो सिजन युनाइटेडबाट सबै प्रतियोगितामा गरेर २७ गोल गरिसकेका छन् । जित निकाल्न नसके पनि युनाइटेडले आफ्नो अपराजित यात्रा २० पुर्याएको छ ।
युनाइटेड यो सिजन लिगका १२ खेलमा बराबरीमा रोकिएको छ । बराबरीपछि पाँचौं स्थानको युनाइटेडको २९ खेलबाट ५४ अंक भएको छ । उ चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि छ । सातौं स्थानको एभर्टनको ३१ खेलबाट ५१ अंक भएको छ ।
काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन
पिपुल नेपाल संवाददाता,अन्तरास्ट्रिय ब्युरो,१८ साउन। वैदेशिक रोजगारीको लागि युरोपियन देशहरु नेपाली युवाहरुका लागि ‘ड्रिम’ कन्ट्री
काठमाडौँ, १३ साउन । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका
एजेन्सी, ११ असार । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ
असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका
वैशाख २४, एजेन्सी: श्रीलंकामा फेरि संकटकाल लागु गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकका गोताबाय