जासन रोयले एक सय ५३ रनको शतकीय प्रदर्शन गरेपछि घरेलु टोली इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशलाई एक सय ६ रनले हराएको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्डले दिएको तीन सय ८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ८० रनमा समेटिएको थियो ।
बंगलादेशका अलराउन्डर सकिब अल हसनले प्रभावशाली प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । सकिबले एक सय २१ रन बनाए । मुसफिकर रहिमले ४४ रन, महमोदुल्लाले २८, मोसादेक हुसेनले २६ र प्रारम्भिक ब्याट्सम्यान तमिम इक्वालले १९ रन बनाए । इङ्ल्यान्डका बेन स्टोक्स र जोफरा आर्चरले तीन तीन विकेट लिए । मार्क उडले दुई तथा लियाम प्लुनकेट र अडिल रसिदले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ८६ रनको विशाल योगफल खडा गरेको थियो । इङ्ल्यान्डको जितमा प्रारम्भिक ब्याट्सम्यान जासन रोयले शतकीय पाली खेले । आक्रामक ब्याटिङ गरेका उनले एक सय ५३ रन बनाए ।
अर्का प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्ट र जस बट्लरले पनि अर्धशतकीय रन बनाए । रोय र बेयरस्टले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरेका थिए । रोयले ५१ र जस बट्लरले ६४ रन बनाए । कप्तान इयोन मोर्गनले ३५, लियाम प्लुनकेटले २७, जोए रुटले २१ र क्रिस वाक्सले १८ रन बनाएका थिए । बंगलादेशका मोहमद सैफुद्दिन र मेहदी हसनले दुई दुई विकेट लिए । मसरफे मोर्तजा र मस्ताफिजुर रहमानले एक एक विकेट लिएका थिए ।
जारी विश्वकपमा इङ्ल्यान्डको दोस्रो जित हो । इङ्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई एक सय ४ रनले हराएको थियो । दोस्रो खेलमा भने घरेलु टोली इङ्ल्यान्ड पाकिस्तानसँग १४ रनले पराजित भएको थियो । बंगलादेशको भने तेस्रो खेलमा दोस्रो हार हो । पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको बंगलादेश दोस्रो खेलमा न्युजिल्यान्डसँग दुई विकेटले पराजित भएको थियो ।
काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले
काठमाडौँ, ३ भदौ । आज २०७९ साल भदौ ३ गते शुक्रबारको राशिफल । मेष : आम्दानी
काठमाडौं, श्रावण २५, पीपुल नेपाल।ईन्टरनेट सेवा प्रदायक कम्पनी ओल्डलिङ्क कम्युनिकेशन्स प्रा.लि मा श्रमीक र ब्यास्थापन
काठमाडौँ, १८ साउन । सर्वोच्च अदालतले व्यक्तिको स्वार्थपूर्तिका लागि दर्ता गरेको रिट निवेदन सार्वजनिक सरोकारको विषय
पिपुल नेपाल, संवाददाता,काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश
काठमाडौँ, ५ साउन: गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)