कुनै मानिसको टाउकोमा बोतल तथा क्यान टाँसिएका देख्नुभएको छ ? अमेरिकामा एकजना यस्ता मानिस छन् जसको टाउकोमा धातुका बट्टा तथा बोतलहरु टाँसिन्छन् । मानौँ, उनको सिर नै चुम्बक हो ।
शिकागोका बासिन्दा जेमी किटनको टाउको चुम्बक झैँ हुनुमा वास्तवमा रोगको प्रतिफल हो ।
उनी छाला सम्बन्धी एक गम्भीर तथा दुर्लभ रोगबाट पीडित छन् ।जसका कारण उनी आफ्नो टाउकोमा बोतल तथा क्यान अड्याउन सक्छन् ।
त्यस असाधारण क्षमताका कारण जेमी बोतल टाउकेको नामले पनि चिनिन्छन् । उनको नाम गिनिज बुकमा पनि दर्ज छ ।
आफ्नो यो असाधारण क्षमताको प्रयोग पनि जेमीले अनौठो तरिकाले गर्दछन् । उनी आफ्नो टाउकोमा पानीका बोतल टाँसेर मानिसहरुलाई पानी पिलाउँछन् ।
डाक्टरहरुका अनुसार जेमीको सरीरको तापक्रम सामान्य भन्दा धेरै छ । जसका कारण उनको टाउकोले सक्सन कपको रुपमा काम गर्दछ । जेमी सायद अमेरिकामा यस्तो दुर्लभ समस्या भएको एकमात्र मान्छे हुन् । अहिलेसम्म यो रोगको नाम पनि दिन सकेका छैनन् डाक्टरहरुले ।
आफु ७ वर्षको छँदा पहिलोपटक आफ्नो यस्तो क्षमताको बारेमा थाहा पाएको उनी बताउँछन् । त्यसबेला उनले आफ्नो टाउकोमा खेलौनाहरु टाँस्दथे । सुरुमा त उनलाई आफ्नो टाउकोमा यसरी वस्तुहरु टाँसिने कुरा भन्नका लागि डर लाग्थ्यो । मान्छेहरुले कतै पागल पो भन्ने हुन् की भन्ने लाग्थ्यो रे उनलाई ।
तर अहिले उनको त्यो दुर्लभ स्वास्थ्य समस्या उनको लागि कमाईखाने भाँडो भएको छ । उनी विभिन्न ब्राण्डका लागि विज्ञापनमा पनि खेलेका छन् । खासगरी विभिन्न ब्राण्डका सामानहरु आफ्नो टाउकोमा टाँसेर उनले विज्ञापन गर्दछन् । यसो गरेर उनले एक हप्तामै १५ सय देखि ८ हजार डलरसम्म कमाउँछन् ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको