आधाबोराको २९ लाख पर्ने फल यहि हो जुन नेपालमै हुन्छ(भिडियो सहित)

भाद्र १३, काठमाण्डौ  | छ्याक्रयाक्क परेको रूखमा पातलो फलेका स–सना दाना । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा जोखिँदै छन् । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच रामेछापमा बढ्दो छ ।

1

आधा बोरा फलको २९ लाख रुपैया, एउटै रूखको एक करोड मोलमोलाई ,बोधिचित्त लगाउनेले यति धेरै पैसा आउला भनेर सोचेका पनि थिएनन् । आफैंले पनि पत्याउन नसक्ने सपनामा जस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी रातारात लखपति हुँदै छन् ।

‘मैले सोचेको पनि थिइनँ यति धेरै पैसा एउटै रुखको दानाले दिन्छ भनेर,’ आइतबार अपरान्ह आधाबोराजति बोधिचित्तको दाना बिक्री गरेर २९ लाख लिएका सुकाजोरका दुर्गाबहादुर श्रेष्ठले भने ।

श्रेष्ठले झन्डै तीस वर्षअघि उक्त रुख लगाएका थिए ।दानाको महत्त्व र पैसा बुझेर नभै कान्लामा त्यसै घुसारेको रुखको कमाइ त्यसबेला ख्याल नै भएन । केही वर्ष अघिसम्म हाँगा काटेर बारको को भाउ उम्लिएको । चार वर्षअघि श्रेष्ठले १० हजारमा भएजति सबै दाना बिक्री गरे ।

 

photo

NOC1-250x300