काठमाडौं, २७ फागुन । संघीय गठबन्धनले आज शुक्रबार नेपाल बन्दको आह्वान गरेको छ । गत फागुन २३ गते नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा तीन नागरिकको गोली हानी हत्या भएको भन्दै नेपाल बन्दको आह्वान गरेको हो ।
फागुन २४ गते गठबन्धनको आकश्मिक बैठकबाट आजको नेपाल बन्द आह्वान गरिएको हो । गठबन्धनले हिजो राजधानीको माइतिघरमा उक्त घटनाको विरोध कार्यक्रम गरेको थियो ।
गठबन्धनका संयोजक ओम गुरुङद्वारा हस्ताक्षेरित विज्ञप्तिमा आज नेपाल बन्दको आह्वान गरिएको छ ।