काठमाडौँ, २० फागुन । कालीमाटीस्थित फलपूmल तथा तरकारी बजार आज बन्द गरिएको छ । पाँच वर्षअघि त्यस क्षेत्रमा आजकै दिन आगलागी भई ६ जनाको मृत्यु भएका कारण सो घटनाको स्मरणमा बजार बन्द भएको हो ।
कालीमाटीस्थित फलपूmल तथा तरकारी बजार विकास समितिले उक्त घटनापछि प्रत्येक वर्ष फागुन २० गते कालो दिवसका रुपमा बजार बन्द गर्दै आएको जनाएको छ । विसं २०६८ मा भएको सो घटनाबाट बजारको भौतिक संरचनामा समेत ठूलो क्षति भएको थियो । बजारको भौतिक पूर्वाधार अहिले मर्मत तथा पुनःनिर्माण सुरु गरिएको भएपनि अझै निर्माण कार्य सम्पन्न हुन सकेको छैन् ।
काठमाडौँ उपत्यका, त्यस आसपास क्षेत्र तथा उपत्यका बाहिरबाट दैनिक पाँचसय मेट्रिक टनदेखि एकहजार मेट्रिक टनसम्म तरकारी आउने गर्दछ । उपत्यकामा तरकारी र फलफूलको सुपथ मूल्यमा आपूर्ति हुने सो बजार बन्द भएपछि उपभोक्तालाई समस्या भएको व्यवसायी नवीन साहीले जानकारी दिनुभयो ।
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव