May 12, 2017

आज ओबीओआरमा हस्ताक्षर : महराले चिनियाँ उपप्रधानमन्त्री भेट्ने

वैशाख २९, काठमाडौं : चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपाल शुक्रबारदेखि औपचारिक रूपमा सदस्य बन्ने भएको छ ।ओबीओआरमा नेपालको सहभागितासम्बन्धी बृहत् समझदारीपत्रमा नेपाल र चीनबीच हस्ताक्षर हुने भएको खबर आजको अन्न्पूर्ण पोस्टमा छ । । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी र चिनियाँ राजदूत यू होङले परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुहुनेछ । दक्षिणएसिया क्षेत्रबाट श्रीलंका, बंगलादेश र पाकिस्तानपछि नेपाल चिनियाँ उक्त अवधारणाको सदस्य बन्ने भएको हो । अवधारणाअनुसार दुई देशबीच सडक तथा रेल कनेक्टिभिटी विस्तार, लगानी, व्यापार र पर्यटन गरी विविध क्षेत्रमा सहकार्य हुनेछ ।

वान बेल्ट वान रोडको फ्रेमवर्कभित्र रहेर सीमापार रेल, राजमार्ग, विद्युत् प्रसारण लाइन, विशेष आर्थिक क्षेत्र, विमानस्थल, सुक्खा बन्दरगाह, उद्योग, जलविद्युत् परियोजना, औद्योगिक प्रविधि पार्कलगायत भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुनेछ । चीनको लगानीमा स्थापित एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फन्डमार्फत नेपालमा चीनले यी क्षेत्रमा लगानी गर्नेछ ।

बेल्ट एन्ड रोड अवधारणामा समुद्री तथा स्थलमार्ग गरी हालसम्म ६५ देश चीनसँग जोडिएका छन् । अन्य एक सय देशले चीनसँग समुद्री तथा स्थल मार्गबाट जोडिन चाहेका छन् ।

महराले चिनियाँ उपप्रधानमन्त्रीलाई भेट्ने
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा शुक्रबारै चीन भ्रमणमा जाँदै हुनुहुन्छ । महराले चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँग भेट्ने तय भएको जानकारी बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले दिए । आइतबार र सोमबार चीनले आयोजना गर्न लागेको ‘बेल्ट एन्ड रोड’ शिखर सम्मेलनमा उपप्रधानमन्त्री महरा, सञ्चारमन्त्री सुरेन्द्र कार्की र भौतिक योजनामन्त्री रमेश लेखक चीन भ्रमणमा जानुहुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार भ्रष्ट भयाे : रवीन्द्र मिश्र

By Peoplenepal काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले

मेयर बासुदेव थापाद्धारा नारायण भगवानको दश अवतार मन्दिर समुद्घाटन

१२ असोज,भक्तपुर । सुर्यविनायक नगरपालिका ७ गुण्डु कार्की गाउमा नव निर्मित नारायण भगवानको दश अवतार

अर्जुनबन्धु रेग्मीको दादागिरी,निर्माणकार्यको पैसा माग्दा ज्यानमार्ने धम्की

११असोज,काठमाडौं । सिन्धुज्वाला हाईड्रोका चियरम्यान अर्जुन बन्धु रेग्मीले हाइड्रोपावरको प्रिफ्याब भवन तथा मेसिनरीवाल निर्माण कार्य

मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

११ असोज,भक्तपुर । नेकपा (एमाले) मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा बडा

तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश

१० असोज ,भक्तपुर । नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला