आजको राशिफल – मिति वि.सं. २०७४ साल ज्येष्ठ २६ गते शुक्रबार

आज श्री शाके १९३९, वि.सं. २०७४ साल ज्येष्ठ २६ गते शुक्रबार तदानुसार इश्वी सन २०१७ जुन ९ तारीख, ज्येष्ठ शुक्लपक्ष पुर्णिमा तिथी १७ः५९ बजे सम्म चन्दमा बृश्चिक राशिमा सूर्य उत्तरायण, ग्रीष्म ऋतु मन्वादि, गैडूपूजा, पनौतिस्नान, पनौति भैरवभद्रकाली ईन्द्रेश्वर रथयात्रा, मष्टापूर्णिमा ( ज्यापून्हि) 

download-1-1-1-1-1-1-1-1-1-2-1-1-1-1-1-4-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1

 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । कुरा काट्ने ब्यक्तिको कमि नरहला । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खानपानमा बिशेष ध्यान दिनु होला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मन प्रशन्न रहला । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । बिद्या प्राप्ति योग रहने छ । संगित क्षेत्रमा रुचि जाग्नेछ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । दिन मध्यम रहनेछ

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । शत्रु बृद्धि हुनसक्छन् । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । नेत्र सम्बन्धि समस्याले सामान्य खर्च हुनसक्ने योग रहेको छ । एकान्त वाताबरणमा मन रम्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । समय राम्रो रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । ब्यापार ब्यबसाय बाट राम्रो लाभ हुने दिन परेको छ । मनमा चन्चलताले बास गर्नेछ । प्राकृतिक क्षेत्रबाट राम्रो आम्दानि हुन सक्छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । संगित क्षेत्रमा रुचि जाग्नेछ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । पेट सम्बन्धि समस्याले सताउन सक्छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ।

 

photo

NOC1-250x300