आजको राशिफल : भाद्र २९ गते / सेप्टेम्बर १४ तारिख बिहीबार

आज श्री शाके १९३९ बि.स. २०७४ साल भाद्र २९ गते बिहीबार इश्वी सन २०१७ सेप्टेम्बर १४ तारीख आश्विन कृष्ण नवमी तिथी चन्दमा मिथुन राशिमा सूर्य दक्षीणायन बर्षा ऋतु, नवमीश्राद्ध, मातृनवमी, बालदिवस – ज्यो. प. सरोज घिमिरे / धनकुटा खबर

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मित्रजन हरुको साथसहयोग मार्फत बल तथा पराक्रममा बृद्यि हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । कुराकाट्ने ब्यक्ति हरुबाट भने सजग रहनु होला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ । शारिरीक अस्बस्थाका कारण कार्य सम्पादनमा सामान्य झन्झट ब्यर्होनु पर्नेछ । बाणिका कारण आफन्त जनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । खराब संगतका कारण कार्य क्षेत्रमा साधारण अपजस आईपर्ने सम्भाबना रहेको छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । आफ्नु लापरवाहिले धनमालको क्षति हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पारीवारिक सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अरुद्वारा सम्पादीत कार्यबाट यथेष्ट फाइदा लिन सकिनेछ । बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ लिन सकिनेछ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला ।

 

photo

NOC1-250x300