आजको राशिफल : आश्विन ३ गते / सेप्टेम्बर १९ तारिख मंगलबार

आज श्री शाके १९३९ बि.स. २०७४ साल आश्विन ३ गते मंगलबार इश्वी सन २०१७ सेप्टेम्बर १९ तारीख आश्विन कृष्ण चतुर्दशी तिथी ११ः२० बजे सम्म पश्चात औसीं तिथी चन्दमा सिहं राशिमा सूर्य दक्षीणायन शरद ऋतु, दर्शश्राद्ध,औसीश्राद्ध , पितृविसर्जन, निशी बार्ने, संविधान दिवस, श्री प्राणनाथजीको जन्मोत्सव, कृष्ण प्रणामी 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । मनोरञ्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनआज क्षेत्रमा समय मध्यम रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

अधिकआत्मबिश्वासका कारण सामान्य बादबीबादको सामना गर्नु पर्नेछ । सामान्य यात्राको योग रहेकोछ । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । कुराकाट्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रोकिएर रहेका कार्य सुचारु गर्न राम्रो समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । सामान्य यात्राले मन बैचैन रहला । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तपाईले गरेको कामको फाईदा अरुले लिन सक्छन् । मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कोध्रको कारण मानसीक चिन्ता तथा धनमालमा क्षति पुग्न सक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिभिन्न आम्दानिका स्रोतहरु फेला पर्ने छन । कार्य कुशलताले गर्दा सबै क्षेत्रमा चर्चा चल्नेछ । कुलकुटुम्बहरुको साथ सहयोले मन प्रशन्न रहला । आकस्मीक धन लाभको योग रहेको छ । हराएका सामान हरु फेला पर्न सक्नेछन । भोजभतेर जन्य कार्य क्षेत्रमा समय ब्यतित हुन सक्ने सम्भाबना रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा चन्चलताको बास रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्राको कारणले शारिरिक आलस्यता ले सताउला । पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रीय खबर प्राप्त भएतापनि मनमा कुबिचारको भाब पैदा हुनेछ । शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । सामान्य यात्रा रहला । निणर्य गर्ने क्षमतामा कमी आउन सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । सामान्य बादबीबादको योग रहेको छ 

 

photo

NOC1-250x300