आजको मौसम

काठमाडौँ, २१ मंसिर । देशका विभिन्न भागमा आज हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार प्रदेश १ र वाग्मती प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 
 
त्यस्तै आज राति प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देश १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।  

काठमाडौँको आज बिहान साढे ६ बजेको तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियस तापक्रम पुग्ने बताइएको छ ।  

 

photo

NOC1-250x300