आजको मौसम

काठमाडौँ, १५ जेठ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार तीनवटा प्रदेशमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक कार्यमा वल्डलिङ्क, सिराहामा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

२५ भदौ,सिराहा । नेपालको सबैभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्ड्लिङ्क कम्युनिकेशन प्रा.लिले ‘शिक्षा र

मधेस प्रदेशसभा बैठक चौथोपटक स्थगित !

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै नबसी चौथोपटक स्थगित गरिएको छ । यही चैत

५ वर्ष कैद र ५० हजार जरिबाना माग गर्दै मन्त्री यादवविरुद्ध जाहेरी

 २०७८ माघ १३ ,काठमाडौं । भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई ५ वर्षसम्म कैद र ५०

जनगणनामा सोधिँदै भाषादेखि खातासम्म

काठमाडौं, असाेज १: कात्तिक २५ गतेपछि तपाईंको घरमा कोही नयाँ मान्छे आएर ‘तपाईंको बैक खाता

लुम्बिनी मन्त्रिपरिषद पहिलो बैठकका निर्णय यस्ता छन्

२०७८ साउन २९,रूपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर

के होला अब कोरिया रोजगारी ?

काठमाडौं,साउन २९,करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको