१५ चैत, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको समाचारलाई मंगलबारका सबैजसो राष्ट्रिय दैनिक अखबारले आवरण पृष्ठमा छापेका छन् । दाहालसँगको भेटमा सीले नेपालको सडक र रेलमार्ग निर्माणबारे चासो राखेका थिए ।
त्यस्तै भारतसँग इन्धान सम्झौता नवीकरण भएको समाचारले पनि पत्रिकाहरुको आवरण पृष्ठमा स्थान पाएको छ । नवीकरण भएको सम्झौतामा तेलमा आइओसीको एकाधिकार कायम राख्दै प्राकृतिक ग्यास नेपाल ल्याइदिन भारत सहमत भएको छ ।
यससँगै अनागरिक नेपाली ‘हिरो’ शीर्षकमा बक्सिङ खेलाडी सुशील थापाको स्टोरीलाई खास महत्व दिएको अन्नपूर्ण पोस्ट् दैनिकले रुकुममा १० दिनमा १४ किलोमिटर सडक निर्माण भएको समाचारलाई प्राथमिकता दिएको छ ।
ठूला तीन दलको चुनावी तयारीलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । स्थानीय तहको उम्मेदवार बन्न पढाइ अनिवार्य नभएकोलाई कान्तिपुर दैनिकले समाचार बनाएको छ ।
प्रधानमन्त्री चीन जाँदा कार्यबाहक नतोकेको असर घोडेजात्रामा परेकोलाई समाचार बनाएको राजधानी दैनिकले कांग्रेस केन्द्रीय समिति बैठकमा उम्मेदवार छनोटका विषयमा मत बाझिएको उल्लेख गरेको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी