आजको पत्रपत्रिकामा छापिएका समाचारहरु केन्यासँग बदला लियो नेपालले

2C0A0017१ चैत, काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियससिपमा केन्याविरुद्धको खेलमा नेपालले शानदार जित हात पारेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भेटबार्ता भएको समाचारले महत्वपूर्ण स्थान पाएको छ ।2C0A0018

यससँगै अन्नपूर्ण पोस्ट् दैनिकले महालेखा परीक्षक कार्यालयबाट एनसेललाई कर तिराउन निर्देशन भएको भएको समाचारले प्राथमिकता पाएको छ । पशुपतिनाथ क्षेत्र विकास कोषले वर्सेनि अर्बौ गुमाउने गरेको समाचार पनि महत्वका साथ प्रकाशित छ ।

काठमाडौंको वायु प्रदूषण घटेको समाचारलाई नागरिक दैनिकले प्राथमिकता दिएको छ । प्रधानमन्त्री चैत १० गतेदेखि चीन भ्रमण गर्ने समाचारलाई राजधानी दैनिकले महत्व दिएको छ । नेपाल समाचारपत्र दैनिकले मधेसी मोर्चाले सरकारलाई आफ्नो माग पूरा गर्न दिएको एकहप्ते अल्टिमेटम बिनाप्रगति सकिएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

 

photo

NOC1-250x300