१९ फागुन, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित प्रायः दैनिक पत्रिकाहरुको फ्रन्टपेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसँग सम्बन्धित समाचारले स्थान पाएका छन् । त्यस्तै सत्तारुढ दलले मधेसी मोर्चालाई संविधान संशोधन थाती राखेर निर्वाचनमा सहभागी हुन गरेको आग्रह मोर्चाले अस्वीकार गरेको समाचार र स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको समाचारले प्राथमिकता पाएका छन् ।
यससँगै, नयाँ पत्रिका दैनिकले विद्युत ठगीमा २३ कर्मचारीविरुद्ध मुद्दाको तयारी भएकोलाई मुख्य समाचार बनाएको छ । पच्चिस वर्षपछि लगानी सम्मेलन हुन लागेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्व दिएको छ ।
नागरिक दैनिकमा अर्थमन्त्री कृष्णबहादुर महराले मनलाग्दी पैसा बाँडेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । एमालेको मेची-महाकाली अभियानसम्बन्धी समाचारलाई राजधानी दैनिकले महत्व दिएर प्रकाशित गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना चाहेको समाचारलाई गोरखापत्र दैनिकले महत्वका साथ फ्रन्टपेजमा छापेको छ । नेपाल समाचारपत्र दैनिकले स्थानीय निर्वाचनमा सेना पनि खटाइने समाचारलाई महत्व दिएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री