२ चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता भएको समाचारलाई बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् । मोर्चाले आफ्नो माग सम्बोधन गर्न सरकारलाई एक एकहप्ते अल्टिमेटम दिएको दिएको थियो ।
भरतपुर- बर्दघाट प्रसारण लाइन निर्माणमा चिनियाँ ठेकेदारले लापर्बाही गरेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले खास महत्व दिएको छ ।
नयाँ पत्रिका दैनिकमा सर्वोच्च अदालतले राजनीतिक र प्रशासनिक विषयमा हात हालेर विषयलाई पेचिलो बनाएको समाचारले महत्वपूर्ण स्थान पाएको छ ।
धेरै विद्यार्थी भर्ना हुने तर परीक्षा दिने बेला विद्यार्थी घट्ने गरेको सन्दर्भमा नागरिक दैनिकले ‘कहाँ हराए ८ लाख विद्यार्थी ?’लाई मुख्य समाचार बनाएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीले अकुत सम्पत्ति आर्जन गरेको भन्दै सांसदहरुले छानबिनको माग गरेको समाचारले प्राथमिकता पाएको छ ।
‘संविधान मिचेर स्थानीय तह कार्यान्वयन’ शीर्षकको समाचारलाई राजधानी दैनिकले महत्व दिएको छ । त्यस्तै नेपालमा भारतीय लगानी घट्नुको कारणबारेको स्टोरीलाई एंकर न्यूज बनाएको छ ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले ६ वर्षअघि मारिएका वासुदेव साहले क्षतिपूर्ति नपाएकोलाई कान्तिपुर दैनिकले प्राथमिकता दिएको छ । गोरखापत्र दैनिकले नेपालमा पनि ड्रोनको आवश्यकता भएकोलाई महत्वका साथ छापेको छ ।
२२ माघ, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाल
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो