आजका पत्रपत्रिकाका समाचार

३ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई फ्रण्टपेजमा स्थान दिएका छन् ।

Kantipur-768x1179

Annapurna-post-768x1153

Gorkhapatra-768x1197

Nagarik-768x1178

आजको कान्तिपुर दैनिकले ‘सुस्त देउवा’ शीर्षकमा प्रधानमन्त्रीका सुस्त कार्यशैलीबारेको समाचारलाई प्रमुख समाचार बनाएको छ । त्यस्तै उसले कर फर्छ्योट आयोगलाई खारेज गर्न संसदको खर्थ समितिको निर्देशनको समाचारलाई प्रति प्राथमिकता दिएको छ ।

त्यस्तै आजको नयाँ पत्रिका दैनिकले उर्जामन्त्रीको रुपमा सफल जनार्दन शर्माको गृह मन्त्रालयमा ‘परीक्षा’ भइरहेको समाचारलाई मूख्य स्थान दिएको छ । त्यस्तै उसले बुधबारसम्म सरकार बिस्तारको तयारी भइरहेको समाचार फ्रण्टपेजमा छापेको छ ।

आजको नागरिक दैनिकले बिदेशी गैरसरकारी संस्थाले मधेसमा १ वर्षको अवधीमा करिव २३ अर्व खर्च गरेको समाचारलाई प्राथमिकता दिँदै फ्रण्टपेजमा छापेको छ ।

त्यस्तै अाजको अन्नपूर्ण पोस्टले संघीय संरचना अनुसार कर्मचारी खटाउन ट्रेड युनियन तगारो बनेको समाचारलार्इ प्राथमिकता दिएको छ ।

 

 

 

 

 

 

photo

NOC1-250x300