आजका दैनिक पत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

patrapatrika-bimal-1-1३ चैत, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाको फ्रन्टपेजमा प्रधानमन्त्री पुष्पकमल दाहालले सीमाङ्नलाई थाती राखेर स्थानीय निर्वाचन सहभागी हुन गरेको आग्रह मधेसी मोर्चाले अस्वीकार गरेको समाचारले स्थान पाएको छ । मोर्चाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । र अब मोर्चा  प्रतिपक्षी दल भएको छ ।

आनन्दबजार – भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरिएका गोविन्द गौतमको परिवारलाई भेट्न र सान्तवना दिन अहिलेसम्म सरकारी टोली कोहि पुगेको छैन । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सरकारले गौतमलाई शहीहद घोषणा गरेको थियो । सरकारले शहीहद घोषणा गरेको सञ्चारमाध्यमहरुमा सुनेपनि हालसम्म सरकारी टोली पुगेर त्यस्तो औपचारिक जानकारी नगराएको गौतम परिवारको भनाइ छ ।

सरकारले शहीद गौतमलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरे पनि सरकारी तवरबाट औपचारिकतामा सिमित राख्यो तर जनस्तरबाट भने उच्च सम्मान पाएको शहीद गौतमका बुबा खेमलाल गौतम बताउनुहुन्छ ।

यससँगै नयाँ पत्रिका दैनिकले न्यायाधीशमाथिको छलफल तीन महिनादेखि अलपत्र परेको समाचारलाई महत्वका साथ छापेको छ । त्यस्तै विदेश अध्ययनमा जाने विद्यार्थीको चाप बढेको सन्दर्भमा ‘एकै महिना सात हजारभन्दा बढीले लगे नो अब्जेक्सन लेटर’ शीर्षकको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

कञ्चनपुर घटनामा ‘नेपाल प्रहरीको पेस्तोल हराएको दाबी’ शीर्षकको समाचारलाई महत्व दिएको अन्नपूर्ण पोस्ट् दैनिकले मधेसी मोर्चा अब प्रतिपक्षमा बस्नेलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । त्यस्तै साउदी अरबका तत्कालिन राजदूत हमिद अन्सारी भ्रष्टाचारको अभियोगमा जेल परेको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।

राजधानी दैनिकले देशभर २१ हजार मतदान केन्द्र हुने समाचारलाई प्राथमिकता दिएको छ । नेपाललाई हवाई कालोसूचीबाट हटाउन ईयूलाई औपचारिक आधारपत्र दिएको समाचारलाई महत्व दिएको राजधानीले स्थानीय तहमा नाम र केन्द्र सामान्य बहुमतबाटै परिवर्तन गर्न सकिने समाचारलाई एंकर बनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुर घटनामा गल्ती भएको स्वीकार्न भारतलाई आग्रह गरकोलाई महत्व दिएको कान्तिपुर दैनिकले मतपत्र छपाइ पर्सिदेखि सुरु हुनेलाईलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

‘अमेरिका पठाइदिने भन्दै करोडौं उठाएर फरार’ हुनेको स्टोरीलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले सिन्धुपाल्चोकका भूकम्पपीडित विद्यार्थीले टहरोमै परीक्षा दिन बाध्य हुन परेको समाचारलाई महत्व दिएको छ ।

गोरखापत्र दैनिकमा न्याय परिषद्ले स्थानीय तह निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत सिफारिस गरेको समाचार प्राथमिकताका साथ छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा

सुकुम्बासीहरुलाई तत्काल नहटाउन राष्ट्रिय भुमी आयोगको आग्रह

१६ मंसिर,काठमाडौं । राष्ट्रिय भुमी आयोगले राजधानी काठमाडौंलगायतका ठाउँहरुमा रहेका सुकुम्बासीहरुलाई अहिले नहटाउन आग्रह गरेको

प्रचण्डले विचार र सिद्धान्त छोड्दा सिद्धियो माओवादी !

नेपालमा २०५२ फागुन १ गतेबाट जनयुद्द शुरु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

नेस्वहोमयु को ४२ औं वार्षिक उत्सव:श्रमजीवीहरुलाई एकतावद्ध आन्दोलनमा सरिक हुन अध्यक्ष श्रेष्ठको आव्हान

१३ मंसिर,काठमाडौं ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद

आगामी पांच वर्षभित्रमा श्रमिकहरुको तलब २५ हजार पुर्‍याउने नेता बिष्णु रिमालको उदघोष

१२ मंसिर,काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का संरक्षक बिष्णु रिमालले

समानुपातिकतर्फ माओवादी केन्द्रलाई घण्टिले जित्यो,९० लाख मत गन्दा एमालेको अग्रता कायमै

११ मंसिर, काठमाडौँ । समानुपातिकतर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा नेकपा(एमाले) को