चैत २३ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ बुधबारदेखि सुरु हुँदैछ । सन् २००८ देखि सुरु भएको आइपिएलको यो दशौं संस्करण हो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार राति सवा ८ बजे हैदराबादमा साबिक विजेता सनराइजर्स हैदरावादले उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ । सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली डियरडेभिल्स, किंग्स इलाभेन पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राइजिङ पुणे सुपरजाइन्टस र गुजरात लायन्स गरी ८ टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा बैंग्लोर विराट कोहली बिना मैदान उत्रने छ । हैदरावाद भने डेविड वार्नरको कप्तानीमा मैदान उत्रिने छ । बैंग्लोरको कप्तानी सेन वाट्सनले गर्ने छन् ।
हैदरावाद र बैंग्लोरबिच अहिलेसम्म ९ खेल भएका छन्, जसमा पाँच खेलमा हैदरावाद र चार खेलमा बैंग्लोर विजयी भएको छ । गएको सिजन हैदरावाद दुई तथा बैंग्लोर एक खेलमा विजयी भएको थियो ।
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
१७ माघ, काठमाडौं । नेपाली क्रिकेट संघ क्यानले टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको
५ माघ , काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।