आइपिएल : गुजरातको जितमा, बैंग्लोरलाई लाग्यो गम्भीर धक्का

Royal Challengers Bangalore captain Virat Kohli and Ravindra Jadeja of the Gujarat Lions after the match 31 of the Vivo 2017 Indian Premier League between the Royal Challengers Bangalore and the Gujarat Lions held at the M.Chinnaswamy Stadium in Bangalore, India on the 27th April 2017 Photo by Faheem Hussain - Sportzpics - IPL

वैशाख १५ – इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा गुजरात लायन्स विजयी भएको छ । चिन्नास्वामी रंगशालमा भएको खेलमा गुजरातले रोयल च्यालेन्सर्ज बैंग्लोरलाई ७ विकेटले हराएको हो ।

 बैंग्लोरले प्रस्तुत गरेको १३५ रनको लक्ष्य गुजरातले १३ दशमलव ५ ओभरमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । गुजरातका लागि आरोन फिन्चले ७२, कप्तान सुरेश रैनाले नटआउट ३४ तथा इसान किशनले १६ रन बनाए ।

बैंग्लोरका सामुएल बाड्रीले दुई विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । उसका लागि पवन नेगीले ३२, केदार जाधवले ३१ तथा कप्तान विराट कोहलीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गुजरातका एन्ड्रयु टयीले तीन तथा रविन्द्र जडेजाले दुई विकेट लिए । ८ खेलमा तेस्रो जित निकालेको गुजरात ६ अंकसहित छैटौं स्थानमा छ । ९ खेलमा दुई खेल मात्रै जितेका बैंग्लोर ५ अंकसहित सातौं स्थानमा छ । यो हारले बैंग्लोरको शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सपनामा गम्भीर धक्का लागेको छ ।

 

 

photo

NOC1-250x300