आइपिएलः पञ्जाबसँग सनराइजर्स हैदरावाद विजयी

262243

वैशाख १६ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । मोहालीमा भएको खेलमा हैदरावादले किंग्स इलाभेन पञ्जाबलाई २६ रनले हराएको हो । 

हैदरावादका आशिष नेहरा र सिद्धार्थ काउलले तीन तीन विकेट लिए । यस्तै भुवनेश्वर कुमारले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा दुई सय सात रन बनायो ।

उसका लागि शिखर धवनले ७७, केन विलियम्सनले नटआउट ५४ तथा कप्तान डेविड वार्नरले ५१ रन बनाए । ९ खेलमा पाँच खेल जितेको हैदरावाद ११ अंकसहित तेस्रो स्थानमा छ । ८ खेलमा तीन खेल मात्रै जितेको पञ्जाब भने ६ अंकसहित छैटौं स्थानमा छ ।

 

 

photo

NOC1-250x300