पौष १६,काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा पार्टी पराजित हुनुको कारण छानविन गर्न उच्चस्तरिय छानविन समिति बनाउने प्रतिवद्धता जनाएका छन् ।
उनले चुनावको परिणाम हेरेर निराश नहुन पनि कार्यकर्तालाई आह्वान गरेका छन् ।
“चुनावको परिणाम हेरेर युवा नै किन निराश भएको ? म बुढो त निराश भएको छैन । समानुपातिकमा त राम्रै मत आएको छ ।” उनले अन्तर्घात गर्नेलाई कारवाही गर्ने पनि बताए ।
नेविसंघले मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रममा उनले भने, “चुनावमा हार्नुको कारण के हो उच्चस्तरीय छानविन समिति गठन गर्छु । स्थानीय निकायमा अन्तर्घात गर्नेलाई कारवाही नगरेका कारण अहिले धेरै अन्तर्घात भयो । अन्तर्घात गर्नेलाई कडा भन्दा कडा कारवाही हुन्छ । छानविन निष्पक्ष तरिकाले हुन्छ ।”
उनले पार्टीभित्र आफ्नो आलोचना गर्नेको पनि विरोध गरेका छन् । “पार्टीभित्र मेरो विरोध गर्नेले बुझुन्, आफू हार्ने अनि मेरो विरोध गर्ने ?,” उनको भनाई थियो, “अहिले तत मम गरेर कोही बलियो पनि हुँदैन । केही हुनेवाला पनि छैन । हाम्रै कारणले हाम्राले हामीलाई हराएको हो ।”
उनले बेलुका भएपछि मतगणनास्थलमा बस्दै नबस्ने कारणले पनि केही उमेदवार पराजित हुनुपरेको बताएका छन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको