काठमाडौँ, २ जेठ । नेकपा एमालेले स्थानीय निकायको निर्वाचनमा निरन्तर अग्रता लिइरहेको छ । अहिलेसम्म एमालेले मंगलबार एक नगरपालिकासहित ११ गाउँपालिकामा जित हासिल गरेको छ ।
एमालेले डोल्पाको ठूलीभेरी नगरपालिकामा प्रमुख गणेशबहादुर शाहीसहित प्यानलै विजय प्राप्त गरेको छ ।
त्यस्तै जाजरकोटको, डोल्पाको से फोक्सुण्डो तथा काइजे गाउँपालिकामा एमालेका अध्यक्ष तथा उपाध्यक्षसहित प्यानलै विजयी भएको छ । यसैगरी मनाङको नेस्याङ र चामे गाउँपालिकामा पनि एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबैमा विजय प्राप्त गरेको छ ।
मुस्ताङको घरपझोङ र दालोमे, स्याङजाको फेदीखोला, कास्कीको मादी, जाजरकोटको शिवालय गाउँपालिकामा पनि एमाले अध्यक्ष उपाध्यक्षसहित जित हासिल गरेको छ ।
ललितपुरको महांकाल गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षसहित सबैमा एमालेले विजय प्राप्त गरेको छ । कास्कीको मादी गाउँपालिकामा पनि एमालेले प्रमुख र उपप्रमुख जितेको छ ।